.

Monday, March 3, 2014

गजल ( गरिब भन खाते भन)

दुःख गरी पेट पाल्छु गरिब भन खाते भन
पसिनाले माटो गाल्छु गरिब भन खाते भन

चर्को घाम झरी उस्तै बादल लागे पनि सधै
मेलो पात जान थाल्छु गरिब भन खाते भन

छैन घर छैन बस्ती सडक पेटि गल्ली गल्ली
आकाश ओढी रात ढाल्छु गरिब भन खाते भन

कैले कमाई कैले मागी फैलाई हात सडकमा
जसो तसो चारो हाल्छु गरिब भन खाते भन

ठुला ठाला व्याक्तिहरू बचन बाण रोपीदिदा
फाट्छ मन आफै टाल्छु गरिब भन खाते भन

सानो ठुलो धनी गरिब भनी हेप्ने परम्परा
समाज बाटै अब फाल्छु गरिब भन खाते भन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग