.

Monday, March 3, 2014

आधुनिक गजल

आज म यसरी बौलाएको छु यो शहरमा 
जसरी पागल भएको थिए तिम्रा अधरमा

साच्चै जोडिने छैन कुनै दिन पनि हाम्रो दुरी 
किनकि तिम्लाई स्वार्थी मानिसके यी नजरमा

हिजो जस्ले भगवानलाई सौचालएमा राख्यो
कठै आज उही फेरि ढोकि हिड्छ रे पथ्थरमा 

मैले जसरी पनि परदेश पस्ने निर्णय गरेपछि
आमा बाबाले हेप्न छाडेका हुन त्यो घरमा

आज दुनिया भुलेर मरुभूमि बस्ती चारे पनि
कहाँ पुगी टुङ्गीने हो यो जीवनको सफरमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग