चारैतिर ठुला ठुला पहाड, त्यही पहाडको वरिपरि झुप्प परेका बस्ती अनि वरिपरि केही भिरालो परेको भुभाग र केही समथर भूभाग, दक्षीणतिर नाकै छुने जस्तो पहाडको बिच भागमा संघाहा फाँट त्यसैको केही तल सलसल बगिरहने पवित्र गंगास्थल काली गंगा जुन वर्षे भरी आफ्नै रफ्तारमा निरन्तर शुशेली हाली बगिरहन्छिन त्यसैको वारि पट्टि पाँच सय मीटरको सानो पहाड अनि त्यही पहाडको माथि पट्टि झुम्म परेर बसेको कुमाल्दि बस्ती र कुमाल्दि बस्तीभन्दा पूर्व तर्फ चार घर मिलेर बसेको बस्ती जसको नाम पल्लाटि बस्ती, जसको अगाडि दुईहजार एक्चालीस सालमा निर्माण गरिएको श्रीगणेस प्रथामिक विद्यालय । यही विद्यालयको माथि पट्टि साउपारी बस्ती जहाँ एक दर्जन मान्छेहरूको बसोबास रहेको छ त्यसैको ठिक पूर्व धनमासी बस्ती जहाँ चार परीवार मिलेर बसेका छन भने धनमासीको बिचैमा ढुन्नराजले सानाे पसल थापेर वर्षाै देखी बसीरहेका छन त्यसैकाे माथी पट्टि केहि बस्तीहरू बसको पाइन्छ जसलाइ पनि धनमासी क्षेत्रमै गाब्न सकिन्छ जसको बिच भागबाट गल्याङ देखी रामपुर सम्मको गोरेटो बाटो गएको छ यहि बाटोलाइ पच्छाउदै अाउदा साउपारीको पश्चीम पट्टि चक्रपानीको घर र चक्रपानीको घर माथि तीन तलामा सजिएको आँगनको छेउमा मन्दिर भएको छानोमा टलक्क टल्किने खैरौ जस्ता लगाइएको अनि भित्ताहरूमा सेतो कमेरोले पोत्तिएको निकै सुन्दर घर जहाँ हुमनाथका परीवार बसोबास गरिरहेका छन वर्षो देखी । हुमनाथको घरभन्दा माथि पट्टि घर्ती टोल जुन यो गाउँको एकमात्र घर्ती समुदाएको बस्तिरहेको छ जसले एउटा गमीलो जातिएताको सामिप्यता झल्काएको छ त्यसैको थोरै माथि थामडाँडा बस्ती र त्यो भन्दा माथि सिखरडाँडा, सिखरडाँडाँको ठिक मुनी ठुलाचौर बस्ती र ठुलाचौर बस्तीभन्दा पश्चिमतिर पल्लो दिमिक बस्ती बास्तबमा रोचक लाग्छ यो सुन्दर अनि रमणिय ठाउँ देखेर जहाँ बस्ती बस्तीको छेउबाट कलकल निरन्तर बगिरहने खोलाहरू छन जसको नाँम धोद्रे खोला, गुह्य खोला आदि आदि चारैतिर खेत र बारीका पाटाहरू छेउ छेउमा ठुला ठुला चिलाउने काभ्रो बडहर, खएर, साल सिस्नो आदि आदिका झ्याम्म परेका रुखहरूले सोभायमान, झट्ट हेर्दा पहाड देखिए पनि यहाँ निरन्तर आइरहने बुटवल पावर कम्पनी अँझ भनु आधिखोला जलबिधुत आयोजनाबाट आउने पानीले गर्दा यो गाउँ बाह्रै मास हरीयाली र सुन्दर देखिने गर्छ अँझ यहाँ पाइने विभिन्न प्रजातीका चराहरूले यो गाउँलाई निकै मनमोहक बनाउने गरेको छ । यही सुन्दर बस्तीको एक भुभागमा बस्ने हुमनाथको परीवार साच्चै नै आज निकै खुसी र सुन्दर देखिन्छ, देखिन्छ आफ्नो जीवनको स्वर्णीम पलमा बसे जस्तो, देखिन्छ स्वर्गको कुनै स्वभाएमान बस्तीमा बसेर जीवीका चलाए जस्तो कति खुसी छ यो परीवार अनि कति रमाइरहेका छन यो परीवारका सदस्यहरू लाग्छ यही नै यिनीहरूको लागि जीवनको सबैभन्दा सुन्दरम बस्तु र बिचित्र खुसी परीवार छ जस्तो बास बिचित्र
.............................. ........
क्रमश
..............................
क्रमश





No comments:
Post a Comment