बाँचुन्जेल खुसी हुनु मरेपछि के नै छर
दुःख पीडा पर्छ धुनु मरेपछि के नै छर
हाँसौ खेलौ सबै मिली मरे माटो मुनि नहो
जानी बुझि किन रुनु मरेपछि के नै छर
खुकुरीको धार भित्र आफ्नो लक्ष्य खोजी कन
चन्द्र छुने स्वाप्ना बुनु मरेपछि के नै छर
खाली हात आएका थ्यौँ खाली हात जानेनै छौ
जोस हुदै शिखर चुमु मरेपछि के नै छर
आफै भित्र गहिरिएर मान्छेको जात हेर्यौ भने
एकै दिनको छुनु मुनु मरेपछि के नै छर
दुःख पीडा पर्छ धुनु मरेपछि के नै छर
हाँसौ खेलौ सबै मिली मरे माटो मुनि नहो
जानी बुझि किन रुनु मरेपछि के नै छर
खुकुरीको धार भित्र आफ्नो लक्ष्य खोजी कन
चन्द्र छुने स्वाप्ना बुनु मरेपछि के नै छर
खाली हात आएका थ्यौँ खाली हात जानेनै छौ
जोस हुदै शिखर चुमु मरेपछि के नै छर
आफै भित्र गहिरिएर मान्छेको जात हेर्यौ भने
एकै दिनको छुनु मुनु मरेपछि के नै छर





No comments:
Post a Comment