.

Monday, March 17, 2014

गज़ल (मरीहत्ये गर्छन मायामा)

यतिसम्म मरीहत्ये गर्छन मायामा
ज्यान दिन अघिअघि सर्छन मायामा

रोप्छन फूल पिरतीको विषै छरेनी
त्यसैलेत कोही कोही मर्छन मायामा

चुसेपछि भमराले फूलको अस्तीत्व
फुल्न पनि नपाउदै झर्छन मायामा

उड्न खोज्दा आकाशमा पक्षी बनेर
नचाहेरै पिन्जडामा पर्छन मायामा

दुई मुटु एक हुँदा पिरतीको संसारमा
जस्तो सुकै आँधी हुरी तर्छन मायामा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग