.

Monday, March 17, 2014

गज़ल ( दबाबमा छु धराप जिन्दगीको)

यतिसम्म दबाबमा छु धराप जिन्दगीको
कहिले हुन्छ थाहा छैन सखाप जिन्दगीको

दुःख पछि शुःख हुन्छ भन्थे मेरा साथीसंगी
कैलेसम्म चल्ने होला हानथाप जिन्दगीको

मरुभूमि बगर हुदै धेरै धाय गाउँ बस्ती
आजसम्म सकिएन यो नाप जिन्दगीको

पैलो जुनिमा मैले नराम्रो कार्य गरे हुम्ला
त्यसैले त भोगिरहेछु यो पाप जिन्दगीको

प्रश्न मैले बारम्बार तेरसेउने छु आफैसँग
जबसम्म खुल्दैन् पर्दा चुपचाप जिन्दगीको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग