पागल थिए यसै पनि अँझै पागल बनाई छाड्यौ
जस्ले पनि बजाई हिड्ने मलाई मादल बनाई छाड्यौ
लुटेउ सारा खुसीहरू बाहिर खिस्छ हाँसो छरी
आँखा भरी आश्रुधारा पिउने अाचल बनाई छाड्यौ
छिया छिया भएपछि भित्री मनका आशाहरू
मन्दिरमा अर्पिएको मलाई भाकल बनाई छाड्यौ
चुसेपछि भमराले बगैचामा कहाँ फुल्न सक्छु
त्यसैलेत बनपाखामा फल्ने काफल बनाई छाड्यौ
अस्थीत्व नै मेटेपछि जिन्दगीको पाईलै पिच्छे
दुई नयनमा सजाउने मलाई गाजल बनाई छाड्यौ
सुन्दर बस्ती सबै त्यागी मरुभूमिमा पाईला चाल्दा
यहाँ पनि जीवन मेरो उथल पुथल बनाई छाड्यौ

No comments:
Post a Comment