प्रेम प्याला पिलाएर कता भाग्यौ ए सान्नानी
बाँच्ने आशा दिलाएर कता भाग्यौ ए सान्नानी
रुदैँ थिए हिजोसम्म सम्झि सम्झि बिगतलाई
फाट्या मन सिलाएर कता भाग्यौ ए सान्नानी
मत त्यसै मर्दै थिए मरु भूमि बगरमा
स्वास दिई जिलाएर कता भाग्यौ ए सान्नानी
चुम्बनका वाण घोची अंग अंग प्रत्याङ्गमा
तनै थिल थिलाएर कता भाग्यौ ए सान्नानी
विवश अब जुनी जुनी तिम्रै मात्र बन्छु भनी
कुरा कानी मिलाएर कता भाग्यौ ए सान्नानी
बाँच्ने आशा दिलाएर कता भाग्यौ ए सान्नानी
रुदैँ थिए हिजोसम्म सम्झि सम्झि बिगतलाई
फाट्या मन सिलाएर कता भाग्यौ ए सान्नानी
मत त्यसै मर्दै थिए मरु भूमि बगरमा
स्वास दिई जिलाएर कता भाग्यौ ए सान्नानी
चुम्बनका वाण घोची अंग अंग प्रत्याङ्गमा
तनै थिल थिलाएर कता भाग्यौ ए सान्नानी
विवश अब जुनी जुनी तिम्रै मात्र बन्छु भनी
कुरा कानी मिलाएर कता भाग्यौ ए सान्नानी





No comments:
Post a Comment