.

Tuesday, March 25, 2014

गज़ल (तयार हुन्छेउ जवानीको लागि)

तिमी जब तयार हुन्छेउ जवानीको लागि
मैले कफन बेर्नु पर्ने छ बिहानीको लागि

आज यही त फरक छ तिमी र म बिचमा 
तिमी जन्मीयौ शहरको लागि म किसानीको लागि

साच्चै पुरै देश भर परीवर्तन ल्याउनु पूर्व
खटिनु छ सच्चा सपुत राजधानीको लागि 

जलस्रोतमा दोस्रो धनी देश नेपालमा हेर्नु त
जनताहरू लडेका छन पिउने पानीको लागि

जीवन अन्त्यमा माटोमा मिल्छ थाहा पाएपछि
मैले अन्तिम युद्ध लड्नु छ खरानीको लागि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग