.

Thursday, March 27, 2014

गज़ल ( अमृत छरें विष पाएँ)

फूल रोपें काँडा पाएँ अमृत छरें विष पाएँ
फुटेको यो कर्म सम्झी आफैलाई सुम्सुमाएँ 

प्रवाशको बस्ती भित्र पसीनाको धारा छुट्दा
अर्थ हिन पाईला हरू संधै भरी दगुराएँ 

पापीनीका तस्विरहरू अँझै पनि भुल्या छैन
झस्काउदा सपनीमा कैयौं पल्ट मन बुझाएँ 

मेरो माया भुलाएर जाँदा उनी पराई घर
सुस्त सुस्त यादहरू जीवन बाट नै पन्छाएँ 

उदाउन खोज्दै थिए ग्रहण लागि छेकिदियो
धरतीमा आउन नपाई बादल भित्रै म अस्ताएँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग