.

Friday, March 7, 2014

गज़ल ( उठ नारी जाग अब)

धेरै भयो अत्याचार उठ नारी जाग अब
बदल्नुछ यहाँ संसार उठ नारी जाग अब

कति बस्छौ हेप्पिएर पुरुषको दाष बनी
बनाउ बाँच्ने आधार उठ नारी जाग अब

कैले पुरुष कैले अरु थिचोमिचो गरिहने
जैले पनि मारामार उठ नारी जाग अब

हातमा हात मिलाएर सबै जना एक भई
पाखा लाउन गद्धार उठ नारी जाग अब

साना तिना नारी देखी बुद्धि जीवी वर्ग हुदै
कविसँगै गजलकार उठ नारी जाग अब

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग