अचम्म लाग्छ यार मारामार देखेर
नेताजी कुर्सीमा जान हतार देखेर
जर्ज डब्लु बुसले राहात दिन छाडे
दिन दाहाडै चेलीको व्यापार देखेर
नेपाल आमा पनि धेरै रोएकी छन
देश चलाउने नेताहरू गद्धार देखेर
म पनि गजल लेख्न दोधार परेको छु
यहाँ आधुनिक गजलको संसार देखेर
अचेल ताली पनि बजाउन छाडे मञ्चमा
हामी जस्ता झारपाते गजलकार देखेर
नेताजी कुर्सीमा जान हतार देखेर
जर्ज डब्लु बुसले राहात दिन छाडे
दिन दाहाडै चेलीको व्यापार देखेर
नेपाल आमा पनि धेरै रोएकी छन
देश चलाउने नेताहरू गद्धार देखेर
म पनि गजल लेख्न दोधार परेको छु
यहाँ आधुनिक गजलको संसार देखेर
अचेल ताली पनि बजाउन छाडे मञ्चमा
हामी जस्ता झारपाते गजलकार देखेर





No comments:
Post a Comment