.

Friday, March 7, 2014

गज़ल (बेस ठानेको हुँ हिजोदेखी)

बाँच्नभन्दा मर्न बेस ठानेको हुँ हिजोदेखी
बचन बाण मुटु माझ हानेको हुँ हिजोदेखी

आफ्नो भन्ने मान्छेलेनै छुरा रोपी गएपछि
शत्रुलाई प्यारो मान्छे मानेको हुँ हिजोदेखी

भुल्न खोज्दा विगतलाई झनै याद आइदिदा
भट्टि पसी सोम रस तानेको हुँ हिजोदेखी

आजसम्म जिन्दगीमा धेरै यात्रा तय गर्दा
जीवन केहो मृत्यु केहो जानेको हुँ हिजोदेखी

किन मर्यो विवश भनी लेखाजोखा नगर्नु है
खुसी साथ मृत्यु शैया छानेको हुँ हिजोदेखी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग