.

Monday, April 14, 2014

गज़ल (ओइलिएको फूल न हुँ)

बाँस्ना छर्न सक्दिन म ओइलिएको फूल न हुँ
वारि पारी मान्छे तार्ने केवल एउटा पुल न हुँ

व्याकुल छौ रे प्यास मेट्न मरुभूमि बगरमा
नखोज भो मुहान मेरो सुकि सक्या मुल न हुँ

उडि सक्यो रंग मेरो छैन यहाँ अस्तीत्व नि
जसले जता लगे पनि पछि लाग्ने हुल न हुँ

विज्ञानको पाठशालामा चेक जाँच गर्न सक्छौ
आफूँ बाँच्न प्रयोग गर्ने ढाल रुपी झुल न हुँ

विवश ताका पानाहरू पल्टाउदै पाठक सामु
सजाई देऊ रंगमञ्चमा मत केवल तुल न हुँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग