.

Sunday, April 20, 2014

गज़ल ( छ त्यो राजधानीमा)

जति फोहोर थुप्रिएको छ त्यो राजधानीमा
त्योभन्दा वेशी दुर्गन्ध फैलिएको छ जवानीमा

मैले कसरी सरसफाई गर्न सक्छु र भन प्रिया
रातभरिको बिकार बस्तुलाई उठेर बिहानीमा

आज प्यासी बनेका मान्छे देख्दा अनुमान लगाए
काठ्मान्डौ बासीको प्राण रहेको छ कुलेखानीमा

नेपाल तब देखी छिमेकीको गुलाम बनेको थियो
जब राजनीति गरियो नदी नाला र पानीमा

मैले महफिलमा गजल सुनाउन असमर्थ भए
जब विम्बले धोका दिएको थियो ए सानीमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग