बेखुसीको नयाँ साल
.......................
चेस टक्राब गिलासको
नयाँ सालको शुभकामना
सबैको मुखबाट
उत्तरमा सबैले एकमुष्ट
यहाँलाइ पनि सोहि कामना
दिनहरु राम्रो बितोस, चाहेको पुगोस
आदि आदि
बिचमा
अनेक थरी सलाद कुखुराको मासु
खसीको मासु , ससेस पोलेर
टिप्छन एक टुक्रा सबैले
हाल्छन मुखमा पुन उहि गन्थन
कति रमाइलो कति उल्लास ,
साहित्यकार चित्याउछन परबार
थप्छन अबुधाबी बाट आएका साहित्यकारले
साँच्चै विशेष भो यो साल
अति रमाइलो भो यो साल
तर
त्यहि बिचमा चेस गरीरको विवश
निराश स्वरमा हस्थेमा हसै गर्छ
भन्छ रमाइलो भो सागर सर
फेरी थपीन्छ रक्सीका पेकहरु
एक दुई तिन गर्दै सबै गीलासमा
सिद्धिन्छ छिन भरमै दुई बोत्तल
लड्नछन भुईमा टिलिङ्
बिचरा (VAT 69) उत्तानो टाङ् पल्टाउछ
कहिल्यै नफर्किने गरेर
अनि
सुरु हुन्छ गजल वाचन
हुन्छ धमाका जम्छ महफिल
कुनै मधुशालमा जस्तो
कुनै ठुलै मासमा जस्तो
अगाडि पछाडि बाट वाह वाह गुञ्जाएमान स्वरुहरु
साँच्चै विशेष कार्यक्रम जस्तो
कुनै अनौठो क्रियाकलाप जस्तो
केहि छिनमा
सकिन्छ नयाँ साल रक्सीको पेक संगै
नयाँ जोस सँगै
तर मैले
त्यो साँझमा
त्यो रमझममा
भेटिन कुनै नयाँ साल
छाएन कुनै उमङ्ग
छोएन कुनै रंगीन स्वप्नाले
किनकी
म गएको बाटो उहि थियो
म फर्केको बाटो उहि थिया
थियो उहि मरुभुमी बगर बाहिर
थियो चिन्ता भोली डिउटिमा कसरी हाजीरी हुने भन्नेमा
अनि उहि नैराश्यता थियो
आज अल्लि धेरै पो भो कि पेक भन्नेमा
अनि
उस्तै शहर, उस्तै बस्ती, उस्तै परदेशीपन
.......................
चेस टक्राब गिलासको
नयाँ सालको शुभकामना
सबैको मुखबाट
उत्तरमा सबैले एकमुष्ट
यहाँलाइ पनि सोहि कामना
दिनहरु राम्रो बितोस, चाहेको पुगोस
आदि आदि
बिचमा
अनेक थरी सलाद कुखुराको मासु
खसीको मासु , ससेस पोलेर
टिप्छन एक टुक्रा सबैले
हाल्छन मुखमा पुन उहि गन्थन
कति रमाइलो कति उल्लास ,
साहित्यकार चित्याउछन परबार
थप्छन अबुधाबी बाट आएका साहित्यकारले
साँच्चै विशेष भो यो साल
अति रमाइलो भो यो साल
तर
त्यहि बिचमा चेस गरीरको विवश
निराश स्वरमा हस्थेमा हसै गर्छ
भन्छ रमाइलो भो सागर सर
फेरी थपीन्छ रक्सीका पेकहरु
एक दुई तिन गर्दै सबै गीलासमा
सिद्धिन्छ छिन भरमै दुई बोत्तल
लड्नछन भुईमा टिलिङ्
बिचरा (VAT 69) उत्तानो टाङ् पल्टाउछ
कहिल्यै नफर्किने गरेर
अनि
सुरु हुन्छ गजल वाचन
हुन्छ धमाका जम्छ महफिल
कुनै मधुशालमा जस्तो
कुनै ठुलै मासमा जस्तो
अगाडि पछाडि बाट वाह वाह गुञ्जाएमान स्वरुहरु
साँच्चै विशेष कार्यक्रम जस्तो
कुनै अनौठो क्रियाकलाप जस्तो
केहि छिनमा
सकिन्छ नयाँ साल रक्सीको पेक संगै
नयाँ जोस सँगै
तर मैले
त्यो साँझमा
त्यो रमझममा
भेटिन कुनै नयाँ साल
छाएन कुनै उमङ्ग
छोएन कुनै रंगीन स्वप्नाले
किनकी
म गएको बाटो उहि थियो
म फर्केको बाटो उहि थिया
थियो उहि मरुभुमी बगर बाहिर
थियो चिन्ता भोली डिउटिमा कसरी हाजीरी हुने भन्नेमा
अनि उहि नैराश्यता थियो
आज अल्लि धेरै पो भो कि पेक भन्नेमा
अनि
उस्तै शहर, उस्तै बस्ती, उस्तै परदेशीपन





No comments:
Post a Comment