.

Sunday, April 20, 2014

गज़ल (प्रेम बँसाउनु मजा छैन)

कलियुगमा माया प्रेम बँसाउनु मजा छैन
आफू रुँदै संसारलाई हँसाउनु मजा छैन

घात गर्यौ पिरतीमा जाल हानी सकुनी झै
दिल भित्र तिम्रो माया पसाउनु मजा छैन

माया प्रेम बजारमा बिक्री हुन्छ जानी राख
ललाई फकाई कसैलाई फसाउनु मजा छैन

मान्छे ढल्छ बचन् वाण हानेर त हेर प्रिया
जानी बुझि मनमा छुरा धसाउनु मजा छैन

चोट केहो पीडा केहो जानेको छु मैले पनि
विवशता को पानाबाट खसाउनु मजा छैन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग