म यसरी जलिरहेको बेला यता संन्त्रासमा
तिमी कसरी ढुक्क होलीउ उता विश्वासमा
मेरी प्रियाको जुन दिन चिता जलाएको थिएं
त्यस दिनबाट रम्न सकिन हर्ष उल्लासमा
सुन्दर शान्त सागरमा पनि सुनामी आएपछि
मैलै विश्वास गर्न छोडेको हुँ अचेल बतासमा
कुनै दिन दुःख विसाई खुसी पाउने आशामा
यी चराहरू पनि त उडेका होलान् आकाशमा
अब एउटा कुराको अनुसन्धान गर्न बाँकी छ
के मेरो मुटु बिकाउन सकुला सय पचासमा ?
तिमी कसरी ढुक्क होलीउ उता विश्वासमा
मेरी प्रियाको जुन दिन चिता जलाएको थिएं
त्यस दिनबाट रम्न सकिन हर्ष उल्लासमा
सुन्दर शान्त सागरमा पनि सुनामी आएपछि
मैलै विश्वास गर्न छोडेको हुँ अचेल बतासमा
कुनै दिन दुःख विसाई खुसी पाउने आशामा
यी चराहरू पनि त उडेका होलान् आकाशमा
अब एउटा कुराको अनुसन्धान गर्न बाँकी छ
के मेरो मुटु बिकाउन सकुला सय पचासमा ?





No comments:
Post a Comment