तिमी घुम्छौ वरिपरि नदेख्ने त म नै अन्धो
मन मुटु लुट्ने गरी नदेख्ने त म नै अन्धो
जून छुने चाह मैले राख्या थिएँ पैले देखी
समस्या छन् थरीथरी नदेख्ने त म नै अन्धो
सागरको पानी हेरी टोलाई बसे वर्षौसम्म
ठानेकोथ्यें त्यै पोखरी नदेख्ने त म नै अन्धो
तिम्रो चिनो जाले रुमाल् हेरी मन बुझाउछु
झस्काई दिदा घरीघरी नदेख्ने त म नै अन्धो
पागल प्रेमी बस्ती भित्र बुन्दा बुन्दै राख्या ती
स्वप्ना उड्यो हावासरी नदेख्ने त म नै अन्धो
साथ खोज्दै भौतारिदा विवशताको पानाभित्र
आउछु भन्थ्यी त्यो बिचरी नदेख्ने त म नै अन्धो

No comments:
Post a Comment