.

Friday, April 4, 2014

गज़ल ( होला रखै यस्तो पनि)

तिमी वारि म पारी होला रखै यस्तो पनि
पिरतीमा साजेदारी होला र खै यस्तो पनि

तन मन मेरो लागि सुम्पिसके भन्छौ तिमी
अब दिल्मा नामसारी होला र खै यस्तो पनि

फूल चुम्ने भमरा त पछि पर्या देख्छु मत
भन्छौ अरे म कुमारी होला रखै यस्तो पनि

खेल्दै गर्दा पिरतीको बच्चा हाम्रो घर भित्र
आगो लगाई गुहारी होला रखै यस्तो पनि

अमृत भनी विष पिलाई सर्प बनी डसेपछि
आँखाबाट आँशु झारी होला रखै यस्तो पनि

लैला मज्नु बन्नु पूर्व सोच्नु पर्ने कुरा छयो
तिमीसँगै घरबारी होला र खै यस्तो पनि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग