घरकिलाई पन्छाई दिएँ परकीलाई अंगालो हालेँ
यस्तै गरी आजभोलि मैले नयाँ जीवन थालेँ
प्यासी उन्को जवानीमा प्रेम प्याला पिलाउदै
टुक्रिएका मन मुटु मलाम पट्टि गरी टालेँ
बादलुको घुम्टो भित्र भाग्य रेखा खोज्दै गए
छोए आकाश धर्ती बाटै बल्ल-तल्ल मन् सम्हालें ।
सन्दुक भित्र लुकाएको भेटेपछि तमसुक मेरो
छोडि घर बस्तीहरू विदेशतिर पाईला चालेँ
दुईटा नाँउ भित्र खुट्टा हाल्नु हुन्न थाहा थियो
विवशताको सागरमा जानी बुझि हाम फाँले

No comments:
Post a Comment