आँखा भरी गाँउ बेसी बसे पनि प्रवासमा
बाल बच्चा घरै छाडि पसे पनि प्रवासमा
ढुङ्गा बरु पग्लीएला उन्को मन पग्लेन खै
आँश्रु धारा नयन बाट खसे पनि प्रवासमा
दिन रात काम गर्दा साहु भने खुसी हुन्न
झोली तुम्भा पिठिउ भरी कसे पनि प्रवासमा
भाग्य आफ्नै खोटो छ बदल्न म कहाँ सक्छु
छुरा बिच गर्धन लगी धसे पनि प्रवासमा
कुनै दिन यतै मेरो ज्यान जान्छ यस्तो लाग्छ
प्यारी तिमी खुसी हुनु फसे पनि प्रवासमा
बाल बच्चा घरै छाडि पसे पनि प्रवासमा
ढुङ्गा बरु पग्लीएला उन्को मन पग्लेन खै
आँश्रु धारा नयन बाट खसे पनि प्रवासमा
दिन रात काम गर्दा साहु भने खुसी हुन्न
झोली तुम्भा पिठिउ भरी कसे पनि प्रवासमा
भाग्य आफ्नै खोटो छ बदल्न म कहाँ सक्छु
छुरा बिच गर्धन लगी धसे पनि प्रवासमा
कुनै दिन यतै मेरो ज्यान जान्छ यस्तो लाग्छ
प्यारी तिमी खुसी हुनु फसे पनि प्रवासमा





No comments:
Post a Comment