.

Friday, August 8, 2014

गजल , दिल खोलेर आउछन

थोरै मुटु छल्न धेरै दिल खोलेर आउछन
आउछन यहाँ मान्छे झुटो बोलेर आउछन

के विश्वास के भरोसा गरुँ अब यो संसारमा
बजारमा चेली वेटिको भाउ मोलेर आउछन

मिठो बोली मुटु माँझ बचनको वाण हान्नेहरु
स्वच्छ निर्मल अमृत मा विष घोलेर आउछन

एकाईसौ शताब्दिको परीवर्तन मान्छु अचेल
जीवन सुम्पी धनमा माया तोलेर आउछन

तपाई बाट विश्वास हरु उड्ने छन त्यो दिन
जुन दिन आफन्तले मेरोे लास पोलेर आउछन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग