.

Friday, August 8, 2014

गजल , खाते नै हुँ हजुरको

ढिढो सिस्नु खान्छु मत खाते नै हुँ हजुरको 
जीवन यस्तै ठान्छु म त खाते नै हुँ हजुरको 

आकाश ओढि निदाउछु छैन मेरो जन्मथलो
गाँजा चरेस तान्छु म त खाते नै हुँ हजुरको 

सडक मेरो माग्ने थलो सबै मान्छे मेरा साथी
यस्तै यस्तै मान्छु म त खाते नै हुँ हजुरको

रोदन भन्दा हाँसो बढि दिने मान्छे पाए पनि
शुःख दुःख छान्छु म त खाते नै हुँ हजुरको

आफू रुँदै जगतलाई हाँसी खुसी राख्न सके
जीन्दगानी धान्छु म त खाते नै हुँ हजुरको 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग