रातो सारी लगाउ प्यारी तिम्रो पति विदेशमा छ
तिजको बेला मेख मारी तिम्रो पति विदेशमा छ
खाना लाउन दुःख छैन तातो खुबुस मिल्छ सधैँ
खान्छ रमाई आँशु झारी तिम्रो पति विदेशमा छ
मैले दुःख कष्ट गर्दा उता तिम्लाई के बाल भो र
तिमी हिड्नु बजार चारी तिम्रो पति विदेशमा छ
केलाई गर्छौ गोबार सोत्तर वैश तिम्रो बिग्रीयला
बाँझै छोडदेउ खेत वारि तिम्रो पति विदेशमा छ
विवश ताको पाना भित्र मन तिम्रो टुट्न सक्छ
जानु अन्तै बसाई सारी तिम्रो पति विदेशमा छ

No comments:
Post a Comment