खुसी खोज्छन मान्छे हरु अरबको खाडि भित्र
तातो रगत उम्ले पछि हेर आफ्नै नाडि भित्र
खजुरको बोट माथी पैशा फल्ने आशा राख्थ्यो
सेतो कपाल उम्रिसक्यो बिचराको दाडि भित्र
यति दुःख कष्ट उस्ले सहन गर्न जान्या भए
सुन फल्ने खेत थियो मदेशको झाडि भित्र
अब छिट्टै नेपालमा बसी बसी जागीर दिने
सधैँ बहस चल्छ सुन्छु नेता जीको गाडि भित्र
अरु जस्तै मलाई पनि वैशको मातले छोए पछि
देख्न अति इच्छा लाग्छ संगीनीलाई साडि भित्र
तातो रगत उम्ले पछि हेर आफ्नै नाडि भित्र
खजुरको बोट माथी पैशा फल्ने आशा राख्थ्यो
सेतो कपाल उम्रिसक्यो बिचराको दाडि भित्र
यति दुःख कष्ट उस्ले सहन गर्न जान्या भए
सुन फल्ने खेत थियो मदेशको झाडि भित्र
अब छिट्टै नेपालमा बसी बसी जागीर दिने
सधैँ बहस चल्छ सुन्छु नेता जीको गाडि भित्र
अरु जस्तै मलाई पनि वैशको मातले छोए पछि
देख्न अति इच्छा लाग्छ संगीनीलाई साडि भित्र





No comments:
Post a Comment