.

Friday, August 8, 2014

गजल , नथाल्नु मेरी माया

यो उमेरमा घर बार अर्को नथाल्नु मेरी माया
मलाई छाडि पाईला अन्तै नचाल्नु मेरी माया

बिदेशमा छु तनै दिन कहाँ सक्थेँ सधैँ मैलै
पठाएको छु जाले रुमाल समाल्नु मेरी माया

छोरा छोरी बाबा भन्दै हत्ते गर्छन सुनेको छुँ
सम्झाई बुझाई राम्रो सँग पाल्नु मेरी माया

समय नहो सधैँ कहाँ एक हुन दिदो रैछ
तस्वीर हेरी फाटेको मन टाल्नु मेरी माया

कहिँ कतै रोमलीदा हराए भने विवशतामा
परार्इ सँग बिन्ती पत्र नहाल्नु मेरी माया

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग