खुसी छैन चैन छैन परदेशमा बसेको छु
भारी बोकी आँशु रोकी साहुको मेला पसेको छु
तातो खुबुस तातो पानी तातै हुँदा बस्ने घर
यस्तो लाग्छ जीन्दगीमै छाँगा बाट खसेको छु
लाला बाला बिचल्लीमा छाडेको थ्येँ हिड्ने बेला
सम्झिएर झर्छ आँशु जन्जीर मा फसेको छु
भक्कानिन्छ छाति मेरो याद आउदा अतितको
शान्ती खोज्दै कैयौ पटक शिर मेरो धसेको छु
माया मार्यो विवशले नभन्नु है मेरी माया
प्यारी तिम्रो जाले रुमाल मुटु माझ कसेको छु

No comments:
Post a Comment