.

Friday, August 8, 2014

गजल , रात्रीकालीन प्रहरमा

हराए म नशा भित्र रात्रीकालीन प्रहरमा 
मन भुलाउन नसकेसी प्रीयसीको शहरमा

मुटु जल्छ मन जल्छ अनायसै सम्झनामा
कति दिन बस्न सक्छु डुबी यसै जहरमा

तिम्रो न्यानो स्पर्शमा हराउदै हिडेको थ्यौँ
हिजो जस्तै लाग्छ डुल्या हामी सँगै डहरमा

कति पोखु कति लेखु गजल अब जीन्दगीमा
अटाउन छाडि सक्यो उला सानी बहरमा

आगो माथी जले भने सिद्धिएसी जीवन लिला
अस्तु खोज्नु विवशको घर माथी नहरमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग