.

Friday, August 8, 2014

गजल , स्वाप्ना मैले पनि देखेको थेँ

त्यो महलमा निदाउने स्वाप्ना मैले पनि देखेको थेँ
सँगै जीवन बिताउने स्वाप्ना मैले पनि देखेको थेँ

कति पीडा हुन्छ जीवन एक्लै बाँच्दा थाहा पाए
तस्वीर हेरी अघाउने स्वाप्ना मैले पनि देखेको थेँ

भाग्य फुट्यो आशा टुट्यो र त आज बिचल्ली छु
ठुलो महल ठडाउने स्वाप्ना मैले पनि देखेको थेँ

मरभूमी बगरमा पैशा फल्न छाड्यो अचेल
आमा लाई हसाउने स्वाप्ना मैले पनि देखेको थेँ

जति उमेर बित्दै गयो उति बाँच्ने इच्छा जाग्यो
मर्न पासो लगाउने स्वाप्ना मैले पनि देखेको थेँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग