कलेजी यो खाएको छ आज भोली किन किन
दुःख पीर छाएको छ आज भोली किन किन
मुटु मागे मुटु सुम्पे ज्यान मागे ज्यानै सुम्पे
दैवले नि कुदाएको छ आज भोली किन किन
सुनामी को छाल बाट बच्ने एउटै सागर थियो
वैरी आँखा जुधाएको छ आज भोली किन किन
फूल्थे होला फल्थे होला साथ मैले पाको भए
डाँली सबै चुडाएको छ आज भोली किन किन
विवश भै कठिन जीवन जीउन अब सक्दिन म
मर्ने रहर पलाएको छ आज भोली किन किन
दुःख पीर छाएको छ आज भोली किन किन
मुटु मागे मुटु सुम्पे ज्यान मागे ज्यानै सुम्पे
दैवले नि कुदाएको छ आज भोली किन किन
सुनामी को छाल बाट बच्ने एउटै सागर थियो
वैरी आँखा जुधाएको छ आज भोली किन किन
फूल्थे होला फल्थे होला साथ मैले पाको भए
डाँली सबै चुडाएको छ आज भोली किन किन
विवश भै कठिन जीवन जीउन अब सक्दिन म
मर्ने रहर पलाएको छ आज भोली किन किन





No comments:
Post a Comment