.

Friday, August 8, 2014

गजल , जस्तो बनाउन नसकेर

यो जीन्दगी सोचे जस्तो बनाउन नसकेर
म टाढिएको हुँ अस्थीत्व जोगाउन नसकेर

तिमी पागल प्रेमी भन सहन तयार छु
तर बाँच्नुको कारण छ बौलाउन नसकेर

उ प्रदेश लाग्यो रे यस्तै हल्ला छ गाँउमा
सायद साहु सँग आँखा जुधाउन नसकेर

नामर्द मलार्इ नामर्द पतिकाे संज्ञा नदिनु
प्रिया तिमीलाई चोली फेराउन नसकेर

विवश मर्नेछ यहि परदेशी भुमिमा पक्का
कठै सोचे जस्तो सफलता पाउन नसकेर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग