.

Friday, August 8, 2014

गजल , यो संसार देखेपछि

मलाई अचम्म लागेको छ यो संसार देखेपछि
आफ्नो भन्ने मान्छे पनि यति गद्धार देखेपछि

पागल छु पागल भै रमाउन चाहान्छु फेरिपनि
बेकारको सबैलाई सज्जन बन्ने हतार देखेपछि

आमा विदुवा छौ यहि विदुवा बनेर रमाउन सिक
भो खोजी नगर बुबाको यत्रो अत्याचार देखेपछि

उ पक्कै आउनेछ मेरो घरमा मलाई विश्वास छ
जब यति सुन्दर मेरो घरको संघार देखेपछि

मलाई विवश त्यतिबेला बनायो यो समाजले
खुसी हाँसो हर्ष भन्दा दुःख अपार देखेपछि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग