.

Friday, August 8, 2014

गजल , रमेश किन बिबादमा ?

भ्रष्ट्रचारको विरोध गर्दा रमेश किन बिबादमा ?
देश बनाउन अघि सर्दा रमेश किन बिबादमा ?

हिजो शोषक सामन्तीले पेल्नु सम्म पेलेका थेँ
आज जनता सडक झर्दा रमेश किन बिबादमा ?

बलत्कार काटमार त यि त सबै साधारण रे
दिन दाहाडै मान्छे मर्दा रमेश किन बिबादमा ?

पश्चिम तिर छिमेकिले किल्ला सार्दै छ रे सुन्छु
तराई तिर दुस्मन चर्दा रमेश किन बिबादमा ?

खोला बेच्यौँ नाला बेच्यौँ योत सबै सहेका थियौँ
शान्ती दुतमा आँखा तर्दा रमेश किन बिबादमा ?

खुले आम भन्छु आज हुतिहारा जनता मारा
बामदेव गौतम मन्त्री हर्दा रमेश किन बिबादमा ?

विवशताको पाना भित्र बसे पनि सोध्ने मन छ
नेपाल माथी आपत पर्दा रमेश किन बिबादमा ??

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग