.

Friday, August 8, 2014

गजल , नामर्दमा गनिएछ

अहो मलाई हिजो पनि नामर्दमा गनिएछ
दुष्ट पापी अनेक थरी गालीगलोज गरिएछ

कस्तो होला जमना यो सान्तोना त कुरै छैन
रुदैँ हिड्ने मान्छेलाई पीडित भन्दै घोचिएछ

स्वास्नी मरे जति पनि ल्याउन पाउने पुरुषले
कठै बरा नारीको त्यो सिन्दुर पोते पुछिएछ

हाम्रो देशका नेताहरु गद्धार भन्दा हुन्छ हजुर
देशभक्त रमेश खरेल कठघेरामा राखिएछ

आज विवश मर्यो भने खुसी हुनु तिमी पनि
दुःख पीडा अझै पनि छाति भित्र दाबिएछ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग