यता लुटिएको छ तन दिन प्रतिदिन
त्यता चुसिएको छ मन दिन प्रतिदिन
कसरी जोगाउन सक्छौ त्यो डढेलो अब
रित्तिदै गइसक्यो यो बन दिन प्रतिदिन
ए मनुष्य अब त सुर्ध यो अवस्थामा
कति देखाउछौ बालापन दिन प्रतिदिन
मेरो बुबाले तम्सुक राखेछन् मेरो लागी
कठै सकिएपछि धन दिन प्रतिदिन
जलस्रोतको धनि देश नेपालमा पनि
पानी सकिदैछ झन दिन प्रतिदिन
अब कलियुगको कृष्ण बन्ने मन छ
त्यसैले चोर्छु मख्खन दिन प्रतिदिन
त्यता चुसिएको छ मन दिन प्रतिदिन
कसरी जोगाउन सक्छौ त्यो डढेलो अब
रित्तिदै गइसक्यो यो बन दिन प्रतिदिन
ए मनुष्य अब त सुर्ध यो अवस्थामा
कति देखाउछौ बालापन दिन प्रतिदिन
मेरो बुबाले तम्सुक राखेछन् मेरो लागी
कठै सकिएपछि धन दिन प्रतिदिन
जलस्रोतको धनि देश नेपालमा पनि
पानी सकिदैछ झन दिन प्रतिदिन
अब कलियुगको कृष्ण बन्ने मन छ
त्यसैले चोर्छु मख्खन दिन प्रतिदिन





No comments:
Post a Comment