.

Friday, August 8, 2014

गजल, बिचमा म फसेको छु

चारैतिर दुस्मन छन बिचमा म फसेको छु 
प्रिया खोज्न नआउनु है सीमा पारी बसेको छु 

नियतिले आज मलाई यतिसम्म गर्नु गर्यो
कठै छुरा छाती भित्र धस्नुसम्म धसेको छु

पिरतीले नाङ्गो पारो अर्ध वैश हुदाँ पनि
सुनामीको छाल भित्र जानीजानी पसेको छु

चाहा थियो जून टिपी मायालुको हातमा राख्ने
सगरमाथा शिर पुग्दै धर्ती बिच खसेको छु

विवशताको पाना भित्र मेरो नाम लेख्नु तिमी
उद्देश्य छ पागल बन्ने मन मेरो कसेको छु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग