.

Friday, August 8, 2014

गजल , खोसिए पछि आफन्त बाट

यसरी खुसीहरु खोसिए पछि आफन्त बाट 
म कसरी खुसी हुन सकुला र सामन्त बाट

पीडा बोकेर हाँस्दै हिडिरहेको छु यो दुनियामा
नभन्नु केहि ज्ञान सिकिरहेको छ महन्त बाट

दुःख कष्ट सहेर पनि कसरी जीउनु पर्छ
धेरै कुरा बुझिरहेको छु बुबाको ज्वालन्त बाट

उ सधैँ काम छाडेर भिक माग्दै हिड्नु पछि
केहि प्रभाव परेको हुनुपर्छ मगन्त बाट

आज सम्म शिशिर बनि बस्नुको रहस्य पनि
म लुटिन पुगेको थिए सुन्दर बसन्त बाट

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग