.

Friday, August 8, 2014

गजल , यस्तो मेरो साथी होस्

दुःख पर्दा साथ दिने यस्तो मेरो साथी होस्
अघि बढ्न हात दिने यस्तो मेरो साथी होस्

मुटु जल्दा पिरतिको सुस्म बाण प्रहार गरी
नशा सरी मात दिने यस्तो मेरो साथी होस्

जीन्दगीका खुसी माथी औशी ग्रहण लाग्यो भने
जुनेली त्यो रात दिने यस्तो मेरो साथी होस्

मित्रताको चिनाे ले नै संसार जित्न सकिन्छ रे
शत्रु माथी घात दिने यस्तो मेरो साथी होस्

विवशताको कुटि भित्र रातो पुष्ष फुल्यो भने
रङ्गी चङ्गी पात दिने यस्तो मेरो साथी होस्

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग