.

Thursday, August 8, 2013

गजल

मेरो जिन्दगीमा नआऊ अर्कैको भैसकेपछि
ती बाचा कसम नखाऊ अर्कैको भैसकेपछि

सात फेरा लिए पछि उहि पतिलाई पुँज्नु पर्छ
मैलाई माग्न मन्दिर नधाउ अर्कैको भैसकेपछि

... एउटैलाई साथ दिनु जति दुःख परे पनि
त्यो मन अन्त नडुलाउ अर्केको भैसकेपछि

सबै कुरा कहाँ पाउनु देख्दैमा यो दुनियामा
मनन गर दुःख नपाउ अर्केको भैसकेपछि

चोखो मिठो जस्तो दिन्छन मिलीजुलि खाई बस
मेरो आगनिमा नजाऊ अर्केको भैसकेपछि

अर्को जुनि पाए भने बाचा गर्छु तिम्रै हुन्छु
अहिले भने मन्मा नछाउ अर्केको भैसकेपछि
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
हाल यू ए ई
See more


No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग