.

Friday, August 9, 2013

गजल (भोट माग्न)

सधै भरी झुक्याएर भोट माग्न आउनु किन
झुटो आशा देखाउदै बस्ती बस्ती धाउनु किन

योनि गर्छु त्योनिगर्छु भन्दै ठुलो भाषण छाटि
सर्वहारा जनताको नारा बनाई गाउनु किन

विकासका कार्यलाई प्रथम स्थान दिन्छु भन्दै
सोझासिधा मान्छेलाई आश्वासन लाउनु किन

... सबैलाई रोजगार दिन्छु गरीबी हटाउछु
भनी सब्को मनभित्र प्रियबनी छाउनु किन

जुन जोगी आए पनि कानै चिरेको उखानै छ
बुझेपछि भोट दिन दुःख मात्रै पाउनु किन

विवश ज्ञवाली (असफल प्रमी)
दिमिक स्याङ्जा
हाल ः यू ए ई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग