.

Tuesday, August 13, 2013

गजल,(मान्छे हो म)









सबैले हेपेर एक्लो पारेको मान्छे हो म !! आफ्नै जिन्दगि संग हारेको मान्छे हो म !!
पीडै पिंडामा रोमलिदै अनगिन्ती मोड हरुमा सहाराको गुहार मागी चारेको मान्छे हो म !!
मनमा संगालेका सारा सपना चक्ना चुर हुँदा चारै तिर बाट चोटले खारेको मान्छे हो म !! आशु नै आशुमा रहे को जिन्दगीलाई आज जंघारको छेउमा बसाई सारेको मान्छे हो म !!
खुसि भन्नु त केवल दुई दिनलाई मत्र रहेछ सदाबहार दु:खै दु:खले बारे को मान्छे हो म !!
दैबको भाग्य लेखान्तलाई भोगेर धर्तिमा जसो तसो गुजाराले टारेको मान्छे हो म !!

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग