
उस्को यादमा तड्पी तड्पी बस्नु अब कति !! कल्पनाको गहिराई भित्र खस्नु अब कति !! चोखो मायाँ गर्छु भनि आश देखाउने त्यो बैगुनीको झुटो मायाँ जालमा फस्नु अब कति !! प्रतिक्ष्या मै टुटे आज मनका सबै चाहानाहरु स्वार्थी मयाँलुको मन भित्र पस्नु अब कति !! ब्यर्थै रह्यो हजाउरौ सपना बुनी बाँच्नु यहाँ पागल बनि मुटू माझ छुरा धस्नु अब कति !! जिउनु छैन अब मलाई विश्वास घातीको अघि दोशीभई बदनामीको रंग घस्नु अब कति !! बिबश तेजेन्द्र कोहलपुर नेपालगंज हाल अफ्रीका युगान्डा





No comments:
Post a Comment