.

Wednesday, August 14, 2013

गजल, (यो जिन्दगीमा)

सबै स्वार्थी छन यहाँ खेल्छन यो जिन्दगीमा
सोझा सिधा मान्छेलाई पेल्छन यो जिन्दगीमा

मुखमा राम राम बगलीमा छुरा बोक्नेहरू
दुःखको सागर भित्र ठेल्छन यो जिन्दगीमा

भन्छन सबै खिस्छ हाँसी साथ मैलै दिन्छु
बिचरा पिठ पछि धकेल्छन यो जिन्दगीमा

मानवता केहो ? भुलेर पशु सरह बनेपछि
धेरै पिर व्याथाहरू झेल्छन यो जिन्दगीमा

बुझ विवश आजै देखी मान्छे कस्ता हुन्छन्
नत्र पक्का जंजिरभित्र जेल्छन यो जिन्दगीमा
======================
विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग