.

Saturday, January 11, 2014

******आधुनिक गजल******

मेलै तस्वीर टाँसेकी छु लाईक कमेन्ट गर्नु है त
खिस्छ गरी हाँसेकी छु लाईक कमेन्ट गर्नु है त

कलकलाउदो जवानी को पोज धेरै देखाएर
तस्विरहरू गाँसेकी छु लाईक कमेन्ट गर्नु है त 

नौलो ठाउँ नौलो गाउँ परीभेष अनेक अनेक
हल्का ईज्जत माँसेकी छु लाईक कमेन्ट गर्नु है त

सुईमिङ् पुलमा हिजो राती तस्वीर राम्रो खिच्न खोज्दा
सन्चो नभई खाँसेकी छु लाईक कमेन्ट गर्नु है त

झिल्के माईले ठुटे पुड्के जो आउदा नि हुन्छ हजुर
जवानी यो साँचेकी छु लाईक कमेन्ट गर्नु है त

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग