.

Sunday, January 5, 2014

गजल, (गरिब जहाँको त्यही)

देशले मुहार फेरे पनि गरिब जहाँको त्यही
संविधान जति केरे पनि गरिब जहाँको त्यही 

पिडित गरिब असाहायलाई रोजगारी दिन 
बाहिरी राट्रले हेरे पनि गरिब जहाँको त्यही

दक्षिणतिर समथर भूमि उत्तर सगरमाथा
बिचमा पहाड घेरे पनि गरिब जहाँको त्यही

आइ एनजिओ यस्तै यस्तै सँस्थाहरू खोली
बोरी बिस्तारा बेरे पनि गरिब जहाँको त्यही

देशमा शान्ति आएपछि सबै कुरा हुन्छ भनी
हजार घाँटी सेरे पनि गरिब जहाँको त्यही

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग