.

Sunday, January 5, 2014

गजल, ( पाए पछि)

साँझ पाए पछि विहान पाए पछि
भेट्न छाड्यौ कान्छि श्रीमान पाएपछि

पैले यही काख प्यारो लाग्थ्यौ तिम्लाई
बस्नै गाह्रो मान्छेउ मकान पाएपछि

भुन्टे काली नेप्टि सबैसँग खेल्थ्यौ
अचेल फुर्सद हुन्न त्यो ज्यान पाएपछि

के हेर्थ्यौ र अब यो जुनीमा तिम्ले
उता छोराछोरी बथान पाए पछि

खुसी हुनु सधैँ रमाउनु तिमी
पतिदेव त्यो अञ्जान पाएपछि


*****आधुनिक गजल*****

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग