.

Wednesday, January 15, 2014

विश्वासहरू टुटेर जान्छन

जान्छन यहाँ विश्वासहरू टुटेर जान्छन
पराईको के कुरा आफ्नैले लुटेर जान्छन

उनी मेरी प्रेमीका रे कसरी भरोसा गरु
पल भरमै वाचा कसम चुटेर जान्छन

ए मुर्खहरू हो नदेख सपना चन्द्रमा छुने
बादल लाग्छ सपना आफै फुटेर जान्छन

मैले उसलाई प्रेम गर्नु ठुलो गल्ती भयो रे
समाज जुटछन् एका एक कुटेर जान्छन

म आज मन्दिरमा एउटा प्रश्न तेर्स्याउँछु
के दलित छिर्दा भगवान रुठेर जान्छन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग