हेर गोरु गए पछि गाई आउछ
दाइ जमिन्छ र पो भाई आउछ
भाउजू तड्पाइमा यसरी नरुनु
पक्का यो दशैमा दाई आउछ
अचेल यो रामे साह्रै विग्रेको छ
केटी जिस्केई पिटाई खाई आउछ
मैले माया लगाउनु अगाडि
त्यहीँ निष्टुरीको पर्छाई आउछ
ए मौसुफ पहिले जुत्ता त लगाउनु
बल्ल पो सर्ट अनि टाई आउछ
विवश आज मरुभूमिमा जोतिदै छ
हेर्दै जाऊ एकदिन कमाई आउछ
दाइ जमिन्छ र पो भाई आउछ
भाउजू तड्पाइमा यसरी नरुनु
पक्का यो दशैमा दाई आउछ
अचेल यो रामे साह्रै विग्रेको छ
केटी जिस्केई पिटाई खाई आउछ
मैले माया लगाउनु अगाडि
त्यहीँ निष्टुरीको पर्छाई आउछ
ए मौसुफ पहिले जुत्ता त लगाउनु
बल्ल पो सर्ट अनि टाई आउछ
विवश आज मरुभूमिमा जोतिदै छ
हेर्दै जाऊ एकदिन कमाई आउछ





No comments:
Post a Comment