हात थमाई मुटु माझ रोपेपछि तिरहरू
दिनै पिच्छे बदलिए कठै मेरा तक्दिरहरू
घाईते मुटु समालेर बाँच्ने साहस गर्दै थिए
घेरा हाले चारैतिर बाधा बनी जञ्जिरहरू
मेरो मात्र के कुरा र जनयूद्धलाई हेरौं
अँझैँ पनि भेटिन्छन रे जंगलमा शिरहरू
छोरो मुंग्लान पसेर खै केनै ठुलो प्रगती भो
घरमा अँझै उस्तै छन है दुःख अनि पिरहरू
शहरमा बस्नेहरू सक्छौ आऊ बाजी लगाउ
कस्ले पार गर्न सक्छ छिन भरमै भिरहरू
विवश एक्लै बाँच्न सक्छ अँझै पनि हेर यहाँ
भो भो साथ चाहिदैन फर्कि जाऊ फकिरहरू
दिनै पिच्छे बदलिए कठै मेरा तक्दिरहरू
घाईते मुटु समालेर बाँच्ने साहस गर्दै थिए
घेरा हाले चारैतिर बाधा बनी जञ्जिरहरू
मेरो मात्र के कुरा र जनयूद्धलाई हेरौं
अँझैँ पनि भेटिन्छन रे जंगलमा शिरहरू
छोरो मुंग्लान पसेर खै केनै ठुलो प्रगती भो
घरमा अँझै उस्तै छन है दुःख अनि पिरहरू
शहरमा बस्नेहरू सक्छौ आऊ बाजी लगाउ
कस्ले पार गर्न सक्छ छिन भरमै भिरहरू
विवश एक्लै बाँच्न सक्छ अँझै पनि हेर यहाँ
भो भो साथ चाहिदैन फर्कि जाऊ फकिरहरू





No comments:
Post a Comment